युभेन्ट्सको अपराजित यात्रा कायमै

juventus
लाेकपाटी न्यूज

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले रोमालाई १-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युभेन्ट्सले जारी लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि मारियो मान्डजुकिचले निर्णायक गोल गर्दै टीमलाई जिताए । उनले पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै क्लबका लागि तीन अंक जोडे ।

युभेन्ट्सले लिगमा शीर्ष स्थानमा छ भने अग्रता ८ अंकको बनाएको छ ।

१७ खेलबाट युभेन्ट्सले ४९ अंक जोडेको छ । रोमा भने २४ अंकका साथ दशौं स्थानमा छ ।