भारतकाे स्पष्टीकरण : ‘बुद्ध नेपालमै जन्मिएका हुन्’

3
लाेकपाटी न्यूज

काठमाडौं। भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ।
जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले जनाएको छ।

उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए। नेपालको परराष्ट्र मन्त्रालयले एस जयशंकरको भनाईप्रति आपत्ति जनाएको थियो।

परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको भन्दै बहसको विषय नभएको जनाएको थियो।