स्टेज कार्यक्रममा धेरै राजनीति हुन्छ, पारिश्रमिक नदिएको तितो अनुभव छ : मोडल अधिकारी

Rubina Chhetri
लाेकपाटी न्यूज

काठमाडौं। पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी। बाँकेको नेपालगञ्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन्।

रुविनाको म्युजिक भिडियो मोडलिङ यात्रा २०७१ सालबाट सुरु भएको हो। रुविना बाँके जिल्लाबाटै प्रतिनिधित्व गरेर डान्सिङ क्षेत्रमा अगाडि बढ्ने कलाकारमा पर्ने गर्छिन।

आफ्नो डान्सले दर्शकको मन केन्द्रीत पार्न सक्ने खुबी भएकी रुबिनाको डान्स हेर्दा लाग्छ। आफूले समय मिलाउन सके अन्य क्षेत्रलाई पनि अगाडि बढाउँदा पढाइमा खासै असर नपर्ने रुबिनाको अनुभव छ।

म्युजिक फिल्ड अनि स्टेज कार्यक्रममा धेरै राजनीति हुने उनको अनुभव छ। कति ठाउँमा स्टेज कार्यक्रम गरिसकेपछि पारिश्रमिक नदिएको पनि रुबिनासँग तितो अनुभव पनि छ।

यिनै मोडलसँग गरिएको संवाद :

१.के गर्दै हुनुहुन्छ, आराम हुनुहुन्छ नि ?

(हजुर आराम छु, अहिले तीज गीत को लगभग छायाँकन सकेर घरमा बसिरहेको छु।

२.अभिनय र कला क्षेत्रमा कहिलेदेखी लाग्नुभयो ?

(लगभग ५-६वर्ष भयो।

३.कसरी यो क्षेत्रमा आउन प्रेरणा मिल्यो ?

(पहिला व्यायमको लागि नाच्न लागेको पछि आफूलाई टि भिमा पर्दामा देखिन मन लाग्यो। दिदीको प्रेरणाले गर्दा आएकी हुँ।

४.अहिलेसम्म कति म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?

(हालसम्म ८०पुगे होलान।

५.चलचित्र खेल्ने रहर जागेको छैन ?

(अझै धेरै सिक्न बाँकीनै छ त्यति अब्बल भएकी छैन त्यसैले रहर नि त्यति जागेको छैन।

६.फरक प्रसंगमा जाउ ,यो क्षेत्रमा विशेषगरि महिला कलाकारको शोषण हुन्छ भन्छन नि ?

(हरेक क्षेत्रमा शोषण छ।आफूमा भर पर्नी कुरा हो त्यसको सामना कसरी गर्नी भनेर।

७.कलाकार हुनलाइ के के चिज आवश्यक पर्छ ?

(कलाकारमा पहिलो कुरा त कला हुनै पर्यो साथसाथै शैक्षिक ज्ञान हुन पर्यो। अनुशासित ,लगनशीलता, संघर्षसिल हुन पर्यो। धेरै कुराहरु आवश्यक हुन्छन्।

८. रुप र पैसा भए पुग्छ भन्छन् ? कुरो के हो ?

(त्यो बिल्कुलै हैन। गलत कुरा हो। त्यतिले मात्र पुग्ने भए सबै कलाकार बन्थे।

९. यो क्षेत्रमा आउन चाहनेहरुलाई के भन्न चाहनुहुन्छ ?

(सिकेर, पढेर ,धेरै ज्ञान बटुलेर आउनुहोस्। आफूमा अब्बल छु भन्नी विश्वासका साथ आउनुहोस्।

१०. गीत संगीतले तपाईलाई के दियो ? अनि तपाईले के दिनुभयो ?

(धेरै दर्शकको माया पाए। जीवनलाई अझै बुझ्ने र धेरै नयाँ नयाँ कुरा सिक्ने मौका पाए। मैले आफ्नो कला प्रस्तुत गरेर मैले नि दर्शकको माया पाउन माया दिएकी छु।

११.कला र संगीत क्षेत्रमा हुनुहुन्छ ,आफ्नो काममा कतिको सन्तुष्ट हुनुहुन्छ ?

(सन्तुष्ट नै छु। सन्तुष्ट नभएको भए म काम गरेर बस्थिन होला।

१२. प्रेम के हो तपाईको विचारमा ?

(प्रेम जीवन हो,उर्जा हो अनि बाच्ने आधार हो।

१३. प्रेम प्रस्ताव कतिको आउँछ ?
(त्यती धेरै आँउदैन।

१४. आगामी योजना के छ ?

(अलिदिन घरमै केहि नयाँ नयाँ कुरा सिकेर बस्नी। कोरोना अलि साम्य भयो भने फेरि काम तिर लाग्नेछु।