कम्प्युटर ‘स्लो’ भएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

Computer
लाेकपाटी न्यूज

एजेन्सी । कम्प्युटर चलाउन वा काम गर्न त्यतिबेला मजा आउँछ जतिबेला यसको स्पिड फास्ट हुन्छ । तर, केही समयपछि स्पिड ‘स्लो’ हुने गर्छ । प्रयोगकर्ता हैरान हुन्छन् । यसबाट बच्नका लागि हामी अनेक तरिका अपनाउछौं । कम्प्युटर वा ल्यापटपमा भएका डाटाहरु हामीले फाल्छौं, फास्ट हुन्छ कि भनेर । अँह समस्याको समाधान भने हुँदैन ।

त्यस्तै आज हामी तपाईलाई कम्प्युटरको स्पिड बढाउने केही तरिकाबारे जानकारी दिन गइरहेका छौं ।

अनावश्यक सफ्टवेयरहरु अनइन्सटल गर्नुहोस्
एप्लिकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् ।

स्टार्टअप प्रोग्राम डिसेबल गर्नुहोस्
यदि तपाईको कम्प्युटर अथवा ल्यापटप नयाँ हो भने त्यसमा यस्ता प्रोग्रामहरु हुने गर्दछ जसले कम्प्युटर अथवा ल्यापटप खोल्ने बित्तिकै सुरु हुने गर्दछ र यदि तपाईको कम्प्युटरमा कम र्‍याम र मेमोरी छ भने यसले कम्प्युटरलाई स्लो गर्न सक्दछ । त्यस कारण यसलाई डिसेबल गर्नुहोस् अथवा जब आवश्यक पर्छ त्यतिबेला मात्र यसलाई चलाउनुहोस् ।

डिस्क क्लिनअप
यदि तपाईको कम्प्युटर स्लो छ भने यसलाई डिस्क क्लिनअप अप्सनको सहायताले अफलाइन फाइलहरुलाई सेभ गर्न सक्नुहुन्छ । रिसाइकल बिनलाई खाली गर्न सक्नुहुन्छ । जसले तपाईको कम्प्युटरको गति थोरै भएपनि बढ्न सक्छ ।

सिस्टम क्लिनङ सफ्टवेयर
कम्प्युटरमा सफ्टवेयर अनइन्सटल गर्नका लागि तपाई सिसि क्लिनर तथा रेगसिकर जस्ता क्लिनिङ सफ्टवेयरहरु इन्स्टल गर्न सक्नुहुन्छ ।

एक्सन सेन्टर ट्रबलसुट
कम्प्युटरको दायाँपट्टी भागमा ध्यान दिएर हेर्ने हो भने तपाईले एउटा झण्डा देख्न सक्नुहुन्छ । उक्त झण्डामा क्लिक गर्दा एक्सन सेन्टर खुल्नेछ । यदि तपाईको कम्प्युटरमा कुनै पनि समस्या भएमा ट्रबलसुटमा क्लिक गर्दा कम्प्युटरको त्यो समस्या हट्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्