‘राम्री’ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

bus accident 01
लाेकपाटी न्यूज

दाङ, ८ पुस । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । बस दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय  छानबिन टोली गठन गरिएको हो ।

प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।

समितिले दुर्घटनाको कारण पत्ता लगाइ प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिनेछ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर– ३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्