करेन्ट लागेर मजदूको ज्यान गयो

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

धरान। सुनसरीमा करेनट लागेर एक मजदूरके मृत्यु भएको छ। सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईष्टन सुगरमिलमा काम गर्ने ४२ वर्षीय तेजनारायण चौधरीको मंगलबार मृत्यु भएको हो।

बिहान १० बजेतिर मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्