दूधसँग भुलेर पनि नखानुस् यी पाँच कुरा

Young-woman-drinking-milk
लाेकपाटी न्यूज

काठमाडौं । गाई–भैँसी या अन्य घरपालुवा जनावरको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो ।

मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पुर्याउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ । यहाँ हामीले दूधसँगै खान नहुने केही खानेकुराको चर्चा गरेका छौं ।

मासको दाल : मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घण्टापछि भने दूध पिउन सकिन्छ ।

नुन : नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चीज एकैसाथ लिँदा अझ हानी पुर्याउँछ ।

अमिलो फल : सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना रहन्छ ।

दही : दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घण्टाको फरकमा भने खान सकिन्छ ।

माछा : दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानी पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।