सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस । सोमबार सुनको भाउ वृद्धि भएको छ भने चाँदीको यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा चार सयले बढेर रु. ५९ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार ९ सयमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।