बाजुरामा पहिरोमा परी दुईको मृत्युु

pic
  • 10
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/  बाजुरा, ४ भदौ। मंगलबार राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। भने दुई जना घाइते भएका छन्।

पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया बालिका सनिका बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन्। राति घरमा सुतेको बेला घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए।

बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ। धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरिक्षत स्थानमा बाँस सरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्