यसवर्ष लोकसेवा आयोगले निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने

  • 55
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १३ भदौ। यसवर्ष लोकसेवा आयोगले निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। कोरोना भाइरस संक्रमणका कारण लोकसेवा आयोगले निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो।

आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो। तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने तयारी गरेको छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको छ।

यद्यपी परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने बताइएको छ। आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानूनी व्यवस्था छ। तर, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने जानकारी दिए। आयोगले यस वर्ष विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने बताइएको छ।