महानिरीक्षक सर्वेन्द्र खनालका ८ महिना, यी हुन् प्रमूख उपलब्धि (प्रतिवेदनको पूर्णपाठ)

Sarbendra khanal
लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आठ महिनाको अवधिमा भएका आफ्ना प्रमूख उपलब्धिको बिवरण सार्वजनिक गरेका छन् । सोमबार प्रहरी मूख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला हत्या प्रकरणबाहेक प्रायः सबै घटनाको अनुसन्धानमा नेपाल प्रहरी सक्षम रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् । खनालले नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजूद पनि उल्लेख काम गरेको बताएका छन् ।

‘कतिपय घटनाका अनुसन्धानका लागि समय लाग्छ । तर, हामीकहाँ हतारिने मानसिकता छ । तर, प्रहरीले आफ्नो प्रचलित मूल्य र मान्यताभित्र अपराध अनुसन्धान गर्छ ।’ उनले कानूनको दृष्टिमा सबै नागरिक समान हुन् भन्ने विश्वव्यापी मान्यतालाई प्रहरीले गहिरो गरी आत्मसात गरेको पनि बताएका छन् ।

३५ पेज लामो प्रतिवेदनमा खनालले अपराध अनुसन्धान, सामाजिक जागरण, नीतिगत व्यवस्था र नेपाल प्रहरीका दैनिक गतिविधिका मुल विषयलाई समावेश गरेका छन् । यस्ता छन् खनालको आठ महिने कार्यकालका प्रमूख उपलब्धि, (प्रतिवेदनको पूर्णपाठ।)

यो पनि पढ्नुहोस्

नेपाल प्रहरी सवल, सक्षम र इमान्दार छ : आइजिपी खनाल

‘निर्मलाका हत्यारा पत्ता लगाउन इमान्दार प्रयास गरिरहेका छौं’ : महानिरीक्षक खनाल