भ्रष्टाचार मुद्दामा अख्तियारलाई असफलता

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । विभिन्न किमिसका भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२.१८ प्रतिशत असफलता पाएको छ । विशेष अदालतमा दायर भएका मुद्दामध्ये गत वर्षको फैसलाअनुसार ६७.८२ प्रतिशतमा मात्र आयोगको दाबीअनुसार सजाय भएको छ, अन्य मुद्दामा आरोपीले सफाइ पाएका छन् ।

आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २८औँ प्रतिवेदनअनुसार गत वर्ष १ सय ७४ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट फैसला भएको थियो । जसमध्ये ६८ मुद्दामा विशेषको फैसलाउपर सर्वाेच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । पछिल्ला वर्ष भ्रष्टाचार मुद्दामा अदालतबाट असफलता बढ्दै गएको आयोगका अधिकारीहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Akhtiyar

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरी अरु व्यक्तिका नाममा जग्गा धनी पूर्जा बनाउने तथा श्रेस्ता सच्चाएको अभियोगमा उनीहरु विरुद्द मुद्दा दायर गरिएको हो ।

कार्यालय प्रमूख तिमल्सिनासहित मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जन कुमार खरेल, टाइपिस्ट जमुना कुमारी श्रेष्ठ, र कार्यालय सहयोगी हरि खड्का विरुद्ध मुद्दा दायर गरिएको हो ।

किर्ते गरी जग्गा आफ्नो नाममा लिएका चन्दनकृष्ण कायस्थसहित अन्य १० जना विरुद्द अख्तियारले जनही ६ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर छ ।