डिपिएलको मिति सर्‍यो

Cricket
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगिता एक हप्ता पर सरेको छ ।

मंगलबार आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो चरणको डिपिएल एक हप्ता पर सरेको जानकारी दिएको हो । निर्धारित मितिमा नेपाल र युएईबीचको क्रिकेट सिरिज हुने भएका कारण प्रतियोगिता मिति सरेको हो ।

यसअघि माघ १९ बाट फागुन ४ सम्म डिपिएल हुने तय भएको थियो । लिगको समयमा दुई देशबीच एक दिवसीय खेल हुन लागेको हो । डिपिएल आयोजकका अनुसार अब लिगका खेलहरु माघ २६ बाट फागुन ११ गतेसम्म हुँदैछ ।