‘सरकार कुहिरोको काग भयो’

Ramchandra poudel
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् ।

मंगलबार बनेपामा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, ‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।’ वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, ‘सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।’

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । ‘वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,’ उनले भने । नेता पौडेलले काँग्रेसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए । ‘तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ,’ उनले भने ।