प्रकाश पौडेलको ‘गजल’

praksh poudel
  • 173
    Shares
लाेकपाटी न्यूज

तिम्रो हेराई तिम्रो मुस्कान गजब लाग्छ ।
सधैं भएको बेखबर अन्जान गजब लाग्छ ।।

प्रेमको उपहार भनेर पाएको दमदार उपहार
चोटहरुको यो अनौठो निशान गजब लाग्छ ।।

मौनता बहुत भयानक हुन्छ भयावह हुन्छ
दिलमा आउँदै गरेको तुफान गजब लाग्छ ।।

जिन्दगीदेखि हारेकाले यस्तो निर्णय लिन्छन्
कसैको याद नआउने चिहान गजब लाग्छ।।

प्रिय दिलदार याद बनेर बारम्बार आउँछौं
त्यसैले मधुशाला अनि सुनसान गजब लाग्छ ।।

प्रकाश ढल्छ अब प्रेमको मन्दिर हेरिरहनु
यार प्रतिपक्षीको त्यो अनुमान गजब लाग्छ।।

प्रकाश ढल्छ अब प्रेमको मन्दिर हेरिरहनु
यार प्रतिपक्षीको त्यो अनुमान गजब लाग्छ।।

गुलरिया ४, बर्दिया

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्