स्ववियू चुनावले नै सरकारको समीक्षा गर्छ : रञ्जित तामाङ

Ranjeet Tamang
लाेकपाटी न्यूज

अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संविधानले सम्पूर्ण जाति भाषा वर्गको अधिकार सुनिश्चित गरेकाले कसैलाई पनि अन्याय नहुने बताएका छन् ।

धनकुटा बहुमूखी क्याम्पसमा आयोजित कार्यक्रममा उनले सरकार असफल कि सफल भन्ने कुरा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी परिणामले देखाउने बताए ।

सरकारले जनहितमै काम गरिरहेको दाबी गरेका तामाङले विद्यार्थीका लागि सरकारले सर्टिफिकेट धितो राखेर ऋण दिने व्यवस्था कार्यान्वयनमा ल्याउनेमा पनि विश्वास व्यक्त गरे । उनले आगामी स्ववियू चुनावमा अनेरास्ववियु र क्रान्तिकारी एक भएर लड्ने बताए ।

अध्यक्ष तामाङले स्ववियू चुनावमा सबै क्याम्पसमा जित्ने पनि दाबी गरे । स्ववियू चुनाव यसअघिकै सहमति अनुसार १४ फागुनमै हुनुपर्ने र त्यस मिति दायाँबायाँ गर्न नहुने बताए ।

कार्यक्रममा तामाङले विद्यार्थीका अधिकारका पक्षमा सशक्त ढङ्गले लड्दै आएको पनि स्मरण गरे ।