नेपाली चलचित्र ‘जातको कथा’ सार्वजनिक

pkr
  • 14
    Shares
लाेकपाटी न्यूज

पोखरा, २१ भदौ। अन्तरजातीय प्रेम कथामा आधारित लघु चलचित्र ‘जातको कथा’ सारङगी टिमले बिहीबारदेखि सारङगी टि.भि युट्युब च्यानलबाट सो गरेको छ। नेपाली समाजमा विद्यमान जातीय विभेद र त्यसले समाजमा निम्त्याएको घटनालाई न्यूनीकरण गर्न युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने चलचित्रमा प्रस्तुत गरिएको छ।

जातिप्रथा उन्मुलनका लागि युवा पुस्ताको भूमिकालाई चलचित्रमा मनोवैज्ञानिक तरिकाले चित्रण गरिएको लेखक तथा निर्देशक प्रकाश अधिकारीले जानकारी दिए। चलचित्रमा नवराज गिरी, विष्णुराज तिमिल्सिना, सोनिया खत्री, शुसान्त रेग्मी, पुरन क्षेत्री, सविता सापकोटा, बिकास पनेरु,जनक पराजुली को अभिनय रहेको छ।

चलचित्रमा दलित युवकको प्रेम रहेको देखाइएको छ। त्यही कारणले सिर्जित द्धन्द्ध नै चलचित्रको मुख्य विषयवस्तु हो । प्रेमले प्रेमका लागि अन्तिम सास रहुन्जेल लडिरहने कथामा देखाइएको छ। सारङ्गी न्युज डटकमद्धारा सञ्चालित अनलाइन टेलिभिजन सारङ्गी टिभि.को प्रस्तुतिमा बनेको टेलिफिल्म ‘जातको कथा’ लेखक तथा पत्रकार प्रकाश अधिकारीले लेखेका हुन्।

अधिकारीकै निर्देशन तथा छायाङ्कनमा तयार गरिएको फिल्म ‘जातको कथा’ मा सबै रङ्गकर्मीहरुको अभिनय, कथावाचन, शैली र मेकिङका हिसाबले फरक र ऐतिहासिक बन्ने फिल्म निर्माण टिमले दाबी गरेको छ। सारङगी टिभी युटयुब च्यानलबाट हरेक हप्ता प्रसारण हुने गरी निर्माण गरिएको फिल्म बिहीबारदेखि प्रसारण भएको टिमले जनाएको छ।