अप्रिलदेखि यसरी जान सकिन्छ जापान

City of japan
लाेकपाटी न्यूज

काठमाडौं । जापानले अप्रिल महिनादेखि ठूलो संख्यामा विदेशी कामदार भित्र्याउने तयारी गरेको छ । जापानको आज बसेको मन्त्रीपरिषद्को बैठकले सो सम्बन्धि नीति तथा प्रावधान अपनाएको हो । नयाँ भिषा वर्गीकरणले मजदुरलाई धेरै मात्रामा सहायता गर्ने विश्वास बैठकले लिएको छ ।

यसै डिसेम्बर महिनामा पुनरावलोकन गरिएको आप्रवासी नियन्त्रण सम्बन्धि कानूनका पुरकका रुपमा एक सय छब्बीस प्रावधान र करिव बाइस अर्ब जापानी येन आगामी आर्थिक वर्षको रुपमा आएको छ । प्रावधानका अनुसार देशभर एघार भाषामा सञ्चालन हुने गरी करिव सयको हाराहारीमा परामर्श केन्द्रहरु खोलिनेछन् ।

यसका साथै केन्द्रीय सरकारले विदेशी मजदुरहरु बिचौलियाबाट नठगिउन् र ऋणभारमा नपरुन् भनि जटिल प्रकृतिको नापजाँच प्रणालीको व्यवस्था गरेको जनाएको छ । साथै विदेशी मजदुरको जापानी भाषा प्रशिक्षणका लागि साठी करोड येन रकम बिनियोजन गरेको छ ।

जापानले युद्धयताको समयमा पहिलो पटक नेपाल, चीन, इण्डोनेशिया, म्यानमार, थाइल्याण्ड लगायतका मुलूकबाट ठूलो संख्यामा चौध औद्योगिक क्षेत्रमा विदेशी कामदार भित्र्याउन लागेको हो । उसले आगामी पाँच वर्षमा झण्डै साँढे तीन लाख मजदुरलाई रोजगारी दिन लागेको हो । रोजगारदाताबाट सिधै माग गरिने व्यवस्था रहेको नीतिअन्तर्गत मजदुरहरुलाई शहरी क्षेत्रमा केन्द्रित नगर्ने गरी नयाँ भिषा वर्गीकरण गरिएको हो ।

मजदुरहरु नर्सिड, होटल, मत्स्यपालन, निर्माणका शिपका साथै आधारभूत जापानी भाषामा दक्ष हुनुपर्ने जनाइएको छ । उनीहरुलाई राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागी हुन प्रोत्साहित गरिने बताइएको छ । पहिलो पाँच वर्षीय भिषा अन्तर्गत भने उनीहरुले आफ्नो परिवारलाई जापान लैजान पाउने छैनन् । तर, द्धितीय स्तरका लागि भने यो नियम लागू हुने छैन ।

जापान टाइम्स् डटकोडट जेपीमा प्रकाशित यो समाचार मेल्सम ओझाले नेपालीमा अनुवाद गरेका हुन् । जापानमा प्रकाशित समाचारका www.japantimes.co.jp वेभसाइट हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

नेपाली कामदार लिने जापानको निर्णय : कसरी जाने जापान ?