नोवेल पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

Donald Trump
  • 33
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व नोबल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन्। इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि छनौट गरिएको हो।

ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन्। सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो।

तर ट्रम्पलाई गरिएको सिफारिस विवादमा पर्ने भन्दै कतिपय अधिकारीहरु चिन्ता व्यक्त गरेका छन्। मुख्यतः ट्रम्प सत्तामा आएपछि पनि अमेरिकाले विश्वशान्तिका विरुद्ध आफ्ना गतिविधि जारी राखेका कारण सिफारिस विवादको घेरामा परेको हो।