नेल्टा,कोभिड र थिङ्क-इन २०२०

pic
  • 88
    Shares
लाेकपाटी न्यूज

डा. भिमलाल गौतम

नेपालका अंग्रेजी शिक्षकहरुको एकमात्र साझा संस्था नेल्टाले कोभिड-१९ को माहामारीमा पनि आफ्ना क्रियाकलापहरु जारी राखेको छ। यो छ महिनाको अवधीमा सातवटै प्रदेशमा प्रदेश स्तरिय सम्मेलनहरु भए जसमा देश विदेशका विद्वान विदुसीहरुबाट अङ्ग्रेजी भाषा शिक्षण सिकाइका बिबिध पक्षहरु वारे विचार विमर्श भए। नेपालस्थित अमेरिकी राजदुताबासको रेलो र बृटिस काउन्सिलसंगको प्रत्यक्ष सहभागितामा आयोजना गरिएका यी सबै कार्यक्रममा प्रतिदिन ५०० भन्दा बढी सहभागीहरुले फाइदा लिए।

अंग्रेजी शिक्षा मात्र नभएर नेपालको परिवेशमा यसले पारेको प्रभाव र मातृभाषा एवं बहुभाषी शिक्षाबारे पनि बिबिध बहसहरु आयोजना गरिए।भाषा आयोग,शिक्षा मन्त्रालय तथा त्रिवि लगायत बिभिन्न विश्वविद्यालयका प्रतिनिधीहरु सम्मीलित बिभिन्न प्यानेल र छलफलहरुमा बहुभाषी मुलुक नेपालमा भाषीक सम्पर्क र भाषीक अपसरण बारे पनि बहस गरियो। यो बाहेक नेल्टाका धेरै जिल्ला समितिहरुले पनि यहि स्तरका फरक फरक कार्यक्रमहरु आयोजना गरे।

नेल्टा बांके,कैलाली,मोरङ,झापा,कास्की,पर्वत,सुर्खेत,चितवन,नवलपुर,कंचनपुर आदिले सञ्चालन गरेका हरेक कार्यक्रमहरु अन्तर्राष्ट्रिय स्तरका थिए। यसबाट एकातिर अनलाइन शिक्षाको प्रचार-प्रसार भयो भने अर्को तिर स्थानिय स्तरमा कार्यरत अंग्रेजी शिक्षकहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरु सित छलफल र बहस गरेर आफ्ना समस्या र गुनासाहरु भन्ने र समाधानका उपायहरु पत्ता लगाउने मौका पाए।

कोभिड महामारीलाई नेपालको अंग्रेजी शिक्षामा चुनौति र अवसरको रुपमा लिनु पर्ने कारणले गर्दा पनि नेल्टाले यही सेप्टेम्बर दस देखि बाह्र (भाद्र २५(२७) मा दक्षिण पुर्वी एसियाली राष्ट्रहरुको प्रतिनिधित्व हुने गरी ‘नेल्टा अन्तर्राष्ट्रिय भर्चुअल थिङ्क इन २०२०’को आयोजना गरेको छ। अरु सामान्य अन्तर्राष्ट्रिय सम्मेलन भन्दा फरक किसिमको यो कार्यक्रम नेपालमा सम्भवत पहिलो हो।तीन दिनसम्म दिउसो साढे तीन बजे देखि सांझ साढे सात बजे सम्म चल्ने यो कार्यक्रममा ५०० जना रजिष्टर गरिएका सहभागीहरुले भाग लिनेछन भने बांकी सहभागीहरुले नेल्टाको फेसबुक लाइभ प्रसारण मार्फत छलफल र बहस सुन्नेछन्।

यस कार्यक्रममा थाइ टिसोल,अफ्रिका टिसोल,बेल्टा (बंगलादेश),जाल्ट(जापान),स्पेल्ट(पाकिस्तान),मेल्टा (मलेसिया),एल्टाइ(इण्डिया) तथा चीन,हङ्कङ,बेलायत,क्यानडा, श्रीलंका, अमेरिका लगायत बिभिन्न मुलुकका २५ भन्दा बढी विद्वानहरु जस्तै स्टफेन क्र्यासन(अमेरिका), निक पिचि(बेलायत),सेली टलर(क्यानडा),बिन झाउ(चीन),फोबि लिन(हङ्कङ),कर्टिस चाङ (रेलो) आदिबाट छलफल र बहस गरिने छ भने नेपालबाट प्राध्यापक अभि सुबेदी,डा.हरि लम्साल,डा. तुलसी थपलिया,डा. जागेश्वर गौतमले मुख्य वक्ताको रुपमा सहभागी हुनेछन्। नेल्टा अध्यक्ष मोतीकला सुब्बा देवानले उद्घाटन गर्ने यो कार्यक्रमलाई डा. जयराज अवस्थी,डा. गंगाराम गौतम,डा.गोविन्दराज भट्टराई,हेमन्तराज दाहाल, मिरा श्रेष्ठ आदिले सम्बिधन र सहजीकरण गर्नेछन्।

नेपाल भित्र र बाहिरका १५०० भन्दा बढी शिक्षकहरु सहभागी हुने यो कार्यक्रममा विद्वानहरुले पोष्ट कोभिड पछि हुने अंग्रेजी भाषा शिक्षा, यसका समस्या र समाधानहरुको बारेमा छलफल, बहस र चर्चा गर्नेछन्। यो कार्यक्रमका लागि नेल्टाका ५७ जिल्ला शाखा तथा ७ प्रदेश कमिटिहरुबाट सिफारिस भएका ४५० जति नेपालका अंग्रेजी शिक्षकहरु सहभागी हुनेछन् र कोभिड महामारीको वर्तमान अवस्थामा  अंग्रेजी भाषा शिक्षणलाई कसरी व्यवस्थीत र प्रभावकारी बनाउने भन्नेबारे जानकारी प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्