एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश कमिटी राहत शिक्षक विभागद्वारा वक्तृत्वकला कार्यक्रम सम्पन्न

pic
  • 36
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ। एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश कमिटी राहत शिक्षक विभागले मंगलबार वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ। ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनका निम्ति बागमती प्रदेश स्तरीय माध्यमिक तह कक्षा ९-१२ का लागि वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको हो।

वक्तृत्वकला प्रतियोगिताको शिर्षक “कोरोना भाइरसले विद्यालय शिक्षामा पारेको प्रभाव“ रहेको थियो। उक्त कार्यक्रममा बागमति प्रदेशका १३ जिल्लाबाट १८ जना छात्रछात्राहरूको सहभागीता रहेको थियो। प्रतियोगितामा प्रथम संहिता आचार्य चितवन , द्वितीय स्तुति लामिछाने मकवानपुर, तृतीय मनिष मगर काठमाडौं, त्यस्तै, रिया फुयाल काभ्रे, पवन भट्टराई रामेछाप र दीक्षा पौडेल काठमाडौले सान्त्वना स्थान हासील गरका थिए। विजयी छात्रछात्रालाई क्रमशः पाँच हजार, तीन हजार,दुई हजार र सान्त्वना एक र एक हजार नगद र प्रमाणपत्र वितरण गरिएको हो।

उक्त प्रतियोगिताको निर्णायकहरूमा सुनिल अर्याल गोरखा गण्डकी, रूपा मल्ल बाँके प्रदेश नम्बर ५ र विष्णु बडवाल सुर्खेत कर्णाली प्रदेशबाट रहेका थिए। संघीय सांसद, पूर्वमन्त्री एवं शिक्षा तथा स्वास्थ्य संसदीय सदस्य हित बहादुर तामाङको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक महासंघ सह-अध्यक्ष पूर्ण प्रसाद दवाडी ,संगठन महिला विभाग इञ्चार्ज,बागमती प्रदेश अध्यक्ष, संगठन विभाग इञ्चार्ज , संयोजक,सातै प्रदेश विभिन्न जिल्लाबाट गरी ३०० जनाको उपस्थितिमा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रम निर्देशक एवं बागमती प्रदेश राहत विभाग इञ्चार्ज रत्न सुनुवारले जानकारी दिए।