रोनाल्डोलाई रेस्ट दिइने

Ronaldo
लाेकपाटी न्यूज

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि रेस्ट दिने भएको छ । सिरी ‘ए’ अन्तर्गत बुधबार हुने एटलान्टाविरुद्धको खेलमा रोनाल्डोलाई रेस्ट दिइने भएको हो ।

यसै सिजन युभेन्टस भित्रिएका रोनाल्डोले लिगका सबै १७ खेल खेलिसकेका छन् । उनले युभेन्टसका लागि ११ गोल गरेका छन् । सिजनको सुरुवातमा युभेन्ट्स पुगेका रोनाल्डोले लिगका सबै १७ खेलमा सुरुवात गरेका छन् ।

युभेन्टसले लिगमा अपराजित यात्रालाई कायम राखेको छ । १७ खेलमा उसले १६ मा जीत हात पार्दा एकमा बराबरी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्