अब अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने, के छ विद्यार्थी सिकाइ सहजिकरण निर्देशिकामा ?

online class
  • 13
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ। नीजि विद्यालयमा विद्यार्थी पढाउने अभिभावकले अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने भएको छ। बिहीकार शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले नीजि विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन पाउने बाटो खुला गरिदिएको हो।

यसअघि शिक्षा मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो। निर्देशिकामा भनिएको छ,‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ।’

कोरोनाको कारणले रोजगारी गुमाएका अभिभावकलाई भने समस्यामा पर्ने भएका छन्। कोरोनाको कारणले खाननै समस्यामा परेको अभिभावकहरुले अनलाइबाट आफ्नो छोराछोरीको शिक्षा लिदा शुल्क तिर्नु पर्ने भएको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले गएको मन्त्री परिषदको बैठकले सैद्धान्तिक सहमति दिएपछि निर्देशिका स्वीकृत भएको हो। यही १९ गतेको मन्त्री स्तरीय बैठकले निर्देशिका स्वीकृत गरेको थियो।