बाढीपीडितलाई कास्की परिवार कोरियाको सहयोग

IMG-5291
  • 70
    Shares
लाेकपाटी न्यूज

कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको मानविय क्षति र विस्थापित भएका परिवारलाई राहत सहयोग गर्ने उदेश्यले नन्दजंग गुरुङ संयोजक र एसपी अधिकारीको सहसंयोजकत्वमा संकलन गरेको राहत रकम कास्की आदर्श समाज अन्तर्राष्ट्रिय  समन्वय परिषद नेपाल, नेपाल च्याप्टरको संयोजकत्वमा तीन लाख तीन सय पचास रूपैंयाँ हस्तान्तरण गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रम ४ चरणमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको वडाहरुमा भदौ १९, २१, २२ र २३ गते आर्थिक राहत सहयोग हस्तान्तरण गरिएको छ।

राहत हस्तान्तरण कार्यक्रम जननिर्वाचित जनप्रतिनिधिहरू प्रदेश सभा सदस्यहरूको प्रमुख आतिथ्यतामा क्रमश माननीय  राजीव पहारी, रामजी बराल, गण्डकी प्रदेशका अर्थ तथा विकास सभापती दीपक कोइराला, पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङ तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको विशेष आतिथ्यमा सगुन गुरुङ, कर्ण बहादुर गुरुङ, कृष्ण कुमारी दवाडी, नवराज ओझा, लाल सुब्बा तथा गाउँपालिकाका कार्यकारी अधिकृत साथै स्थानीय वडाध्यक्षहरुको प्रत्यक्ष रोहबरमा कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष  सुरज गुरुङ, कार्यसमिति सदस्य राम बहादुर क्षेत्रीको प्रत्यक्ष समन्वयमा वास्तविक पीडितहरुलाई बितरण गरिएको थियो।

राहत सहयोग प्राप्त गर्ने व्यक्तिहरुमा अन्नपूर्ण गाउँपालिकाको ८ घर परिवारलाई प्रतिपरिवार ९ हजार १ सयका दरले ७२ हजार ८ सय रुपैयाँ प्रदान गरिएको छ। त्यसैगरि माछापुच्छ्रे गाउँपालिका मा ८ घर परिवारलाई प्रतिपरिवार ८ हजार १ सयका दरले जम्मा ६४ हजार ८ सय रुपैयाँ वितरण गरिएको छ।

त्यस्तै रूपा गाउँपालिकामा ७ घर परिवारलाई प्रतिपरिवार ९ हजारका दरले जम्मा ६३ हजार रुपैयाँ  वितरण गरिएको छ। राहत बितरणको अन्तिम दिन पोखरा महानगरपालिकाको  कार्यालयमा महानगरभित्र ३ घर परिवारलाई रु १० हजारको दरले र ९ घर परिवारलाई ७७५० का दरले राहत वितरण गरिएको छ।

IMG-5234

राहत बितरण कार्यक्रममा कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ कार्यसमिति सदस्य राम बहादुर क्षेत्री, सल्लाहकारहरु क्रमशः  प्रदीप गुरुङ, भक्त शेरचन, लक्ष्मी शेरचन, सुमन थापा, राजु पौडेल, राजु सुवेदी, सपना गुरुङ्ग, कुल बहादुर, बलाराम भण्डारी, निशान्त थापा, गुमन सिंह गुरुङ, रजन्त गुरुङ, एक गुरुङ, सूर्य सुवेदी, सविन लामिछाने साथै कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपालका पदाधिकारीहरु, उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष निरज थापा कुंवर, कोषाध्यक्ष  गणेशराज पहारी, महिला संयोजक पूजा शाह, शिव गिरि, हरि ढकाल नेपाल च्याप्टर संयोजक शोभाखर भण्डारी सहसंयोजक खोम बहादुर कार्की तथा पत्रकार दिननाथ बराल, श्रीभद्र पौडेल, घनश्याम पाण्डे, प्रहरी सहायक निरीक्षक तुल बहादुर गुरुङको उपस्थिति रहेको थियो।

कास्की परिवार दक्षिण कोरियाले अभियानबाट जम्मा सङकलन ४९,२२,५५५ वोन गरेकोमा राहत बितरण कार्यमा ३०८५७८३ वोन बाढीपहिरो पीडित सहयोगार्थ नेपाल पठाएपछि आपतकालीन कोषमा १८३६७७२ वोन बाँकी रहेकोमा  दुवै मृगौला फेल भएकी यामकुमारी थापालाई आपतकालीन कोषबाट  १००००० वोन र कार्य समितिबाट आन्तरिक सहयोग गरी जम्मा २००००० वोन सहयोग गरिएको थियो। त्यसैले समितिको आपतकालीन कोषमा १७३६७७२ वोन रहेको कुरा समितिका कोषाध्यक्ष तथा सहकोषाध्यक्ष नन्दजंग गुरूङ र एसपी अधिकारीले जानाकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्