एनआरएनए अमेरिकाद्वारा नेपाली महिलाहरुको राष्ट्रिय भेला आयोजना

1599754260-9gg0J
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। एनआरएनए अमेरिकामाले नेपाली महिलाहरुको राष्ट्रिय भेला गर्ने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले यही सेप्टेम्बर २६, २०२० मा पहिलो पटक राष्ट्रिय महिला भेला गर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले उक्त जानकारी दिइन्।

कार्यक्रम गर्नुको उद्देश्यका बारेमा जानकारी दिँदै संयोजक बस्नेतले भनिन्, ‛विशेष गरी प्रवासमा आ-आफ्नो पेशा र व्यवसायका बाबजुद विभिन्न संघसस्थाको नेतृत्व गरिरहेका अब्बल महिला दिदिबहिनीहरुको उपस्थिति र उनीहरुको ज्ञान र शिप भोलिका पीढीका लागी प्रेरणादायी बन्ने छन् भने वर्तमान समस्याका समाधान पनि खोज्ने प्रयास गरिने छ।’

आधा आकाशका भागिदार महिलाहरु अझ विशेष गरी प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरू समेट्ने यो कार्यक्रमको उद्देश्य रहेको बस्नेतले बताइन्। कार्यक्रममा महिला सशक्तीकरण, समावेशीकरण, समान अधिकार, घरेलु हिंसा, महिला माथी हुने विभेद्, लैङ्गिक हिंसा, एवं धेरै विषय वस्तुलाई समेट्दै विभिन्न विषयमा बहस गरिने संयोजक बस्नेतले जानकारी दिइन्।

विज्ञप्ति:

आदरणिय सम्पुर्ण गैरआवसिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा

हार्दिक नमस्कार !
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले यही सेप्टेम्बर २६, २०२० मा पहिलो पटक राष्ट्रिय महिला भेला गर्न लागेको सहर्ष जानकारी गरांउदै, उक्त कार्यक्रम सफल पार्न यहाँहरुको अमूल्य सल्लाह सुझाव र सहयोगको आशा गरेकी छु। विशेष गरी प्रवासमा आ-आफ्नो पेशा र व्यवसायका बाबजुद विभिन्न संघसस्थाको नेतृत्व गरिरहनु भएका अब्बल महिला दिदिबहिनीहरुको उपस्थिति र वहांहरुका ज्ञान र शिप भोलिका पीढीका लागी प्रेरणादायी बन्ने छन् भने बर्तमान समस्याका समाधान पनि खोज्ने प्रयास गरिने छ।

वास्तवमा आधा आकाशका भागिदार हामी महिलाहरु अझ विशेष गरी प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरू समेट्ने यो कार्यक्रमको उद्देश्य रहेको छ । महिला सशक्तीकरण, समावेशीकरण, समान अधिकार, घरेलु हिंसा, महिला माथी हुने बिभेद्, लैङ्गिक हिंसा, एब्ं धेरै बिषय बस्तुलाई समेट्दै बिज्ञ एवं दक्ष दिदीबहिनी हरूबाट पनि बिभिन्न बिषयमा बहस गरिने छ।

यो महिला भेला र यसबाट भोलिका दिनमा आउने दोस्रो पुस्तालाई समेत सही मार्ग दिनको लागी यस्ता कार्यक्रमको आवश्यकता महसुस गरि यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहन्छु । मलाई आशा छ, यहाँहरूको सुझाव र सल्लाहका साथ कार्यक्रम अघि बढ्ने छ र सफल हुनेछ जसको लागी यहाँहरू सम्पूर्णको साथ महत्त्वपूर्ण हुनेछ। यहाँहरूका महत्त्वपूर्ण सुझाव तलको इमेलमा पठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।
[email protected]
दिक्षा बस्नेत
महिला सम्योजक
गैर आवासीय नेपाली संघ अमेरिका

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्