आजदेखि प्रिमियर लिगको नयाँ सिजन सुरु

pi 66
  • 14
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ। कोरोना भाइरसका कारण अघिल्लो सिजन समयमानै समाप्त हुन नसकेपछि यो सिजन केही ढिलो गरी सुरु हुन लागेको हो। मात्र सात हप्ताको विश्रामपछि लिगको नयाँ सिजन सुरु हुन थालेको हो। लिग अन्तर्गत आज ४ खेल हुँदै छन्।

आजको पहिलो खेलमा आर्सनलले यो सिजन शीर्ष लिगमा उक्लिएको फुलहम एफसीको सामना गर्नेछ। खेल साँझ सवा ५ मा फुलहमको घरेलु मैदान क्रेभन कटेजमा हुनेछ।

बेलुका पौने ८ मा क्रिस्टल प्यालेसले घरेलु मैदान सिलहस्र्ट पार्कमा साउथह्याम्टनको सामना गर्नेछ। राति सवा १० मा साबिक विजेता लिभरपुलले यो सिजन शिर्ष लिगमा उक्लिएको लिड्स युनाइटेडसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ। खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। आजको अन्तिम खेलमा वेस्टहामले घरेलु मैदान लण्डन स्टेडियममा न्युक्यास्टल युनाइटेडको सामना गर्नेछ। खेल अबेर राति पौने १ मा हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्