‘प्रमाणलाई वैज्ञानिक र वस्तुनिष्ट बनाउने गरी अनुसन्धान गर्नुपर्छ’

Ram-bdr-thapa-badal
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । गृहमन्त्री रामबहादुर थापाले सरकारी वकिलले प्रमाणलाई वैज्ञानिक वस्तुनिष्ट र बनाउने गरी अपराध अनुसन्धान र अभियोजन गर्नुपर्ने बताएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनको समापनमा उनले भने, ‘संविधान र कानूनले दिएको जिम्मेवारी सरकारी वकिलले पूरा गर्नुपर्छ, सरकारवादी मुद्दा लड्ने भएको हुँदा प्रमाणलाई वैज्ञानिक र वस्तुनिष्ट बनाउने तरिकाले काम गर्नुपर्छ ।’

उनले सरकारी वकिलले सरकारवादी मुद्दाको प्रतिरक्षाका लागि लड्ने भएको हुनाले प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।

राज्यमा शान्ति सुरक्षा कायम गर्न फौजदारी न्याय प्रशासनलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै संहिता लगायतका कानून कार्यान्वयनमा सरकारी वकिलले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले गम्भीर अपराधीलाई कानूनी दायरामा ल्याउन सरकारी वकिलको मुख्य जिम्मेवारी रहेको र त्यसका लागि सरकारी वकिलले चनाखो भएर मुद्दामा अनुसन्धान गर्नुपर्ने आवश्कता औँल्याए ।