रातसँग समय सापटी लिएर साहित्यकार भए : निलम कार्की निहारिका

Niharika
  • 53
    Shares
लाेकपाटी न्यूज

रोटरी क्लब तिनाउ बुटवलको आयोजनामा महिला सक्षमता र चुनौती विषयक अन्तरक्रिया सम्पन्न

अस्मिना पाण्डे/ बुटवल, २९ भदौ। साहित्यकार निलम कार्की निहारिकाले रातसँग समय सापटी लिएर  साहित्यकार भएको बताएकी छन्। आज पनि महिलालाई कुनै रचना कोर्न र कुनै पुस्तक लेख्नका लागी नै भनेर प्रशस्त समय नभएको बताउदै महिलाका  हरेक दायित्व पूरा गरेर आफ्ना सपना पूरा गर्नु पर्ने महिलाको बाध्यता रहेको बताइन्।

रोटरी क्लब अफ  तिनाउ बुटवलको १८३ औं नियमित बैठक तथा साहित्य भेटघाट, महिला  सक्षमता र चुनौती विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै उनले जबसम्म घर परिवारभित्र महिला र पुरुषको समान सहभागीता हुँदैन तब सम्म परिवर्तन हुन कठिन देखिएको बताइन्।

हामी  महिलाले पनि छोराछोरीलाई  हुर्काउने क्रममा पनि छोरीलाई घरको काम गर्न  सिकायौं, छोरालाई बाहिरी काम गर्न सिकायौं हामीले यहाँ पनि जिम्मेवारीमा विभेद गरेका छौं उनले भनिन् ,-घरमा पनि समान काम समान दायित्व सिकाउन जरुरी छ। थुप्रै साहित्यक कृति बजारमा ल्याएकी कार्कीले अधिकाश कृति रातमै लेखेको बताइन्।

nnn

पछिल्लो समय मदन पुरस्कार प्राप्त गर्न सफल कृति योगमाया बजारमा ल्याएकी साहित्यकार कार्कीले एक महिला सक्षम र सबल हुनु परिवारनै अब्बल बन्नु हो भन्ने बिर्सन नहुने बताइन्। महिलाका सफलताका प्रेरणामुलुक बसाइँले सकारात्मक सोचको बिकास हुने हुँदा कोभिडको महामारीका बिचमै पनि भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष ज्ञानधरा पन्थले बताइन्। कार्यक्रममा रुपन्देहीमा क्रियाशिल महिला क्लबहरुका अध्यक्ष, सदस्य , लगायत  अधिकारकर्मी ,सञ्चारकर्मीको सहभागीता रहेको थियो। शत प्रतिशत महिला आवद्ध रोटरी क्लब अफ तिनाउले  कोरोना भाइरस कोभिड-१९ को कहरमा पनि राहत वितरण, मानसिक स्वास्थ्य, दातको हेरचाह कसरी गर्ने  लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

कार्यक्रममा प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल , क्लबका सर्जेन्ट एट आम्स फस्ट अनुसा पाण्डे, क्लबका सचिव रमिला शर्मा, चार्टर प्रेसीडेन्ट देबि वाग्ले, प्रेसीडेन्ट इलेक्ट प्रतिमा भट्टराई, फस्ट भि .पी बिन्दु ढकाल, टि आर एफ चेयर अस्मिना पाण्डे लगायतले बोल्दै समाजले महिलालाई सामाजिक आर्थिक रूपमा सक्षम बनाउन पृतसत्तात्मक  सोचलाइ हटाएर सकारात्मक कोणबाट महिलालाइ साथ दिन जरुरी भएको औल्याएका थिए।

pic n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्