फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

gold-coins
  • 22
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।