डा. गोविन्द केसीद्वारा जुम्लामा अनसन सुरु

govinda kc 1
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले जुम्लाबाट सत्याग्रह थालेका छन्। डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका लागि आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज (सोमवार) दिउँसो २ बजेदेखि अनसन शुरु गरेका हुन्।

वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका हुन्। डा. केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन शुरु गरेका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा. केसीले अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्