७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

Arrest
लाेकपाटी न्यूज

सप्तरी, ११ पुस । अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २० वर्षीय सुन्दरकुमार सदालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय महुलीको टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।