विराटनगरमा वडा अध्यक्षसहित थप २९ जनामा कोरोना 

covid-19_corona
  • 13
    Shares
लाेकपाटी न्यूज

विराटनगर, ३० भदौ। विराटनगर महानगरपालिकामा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका कोरोना संक्रमितहरुमा १४ महिला र १५ पुरुष रहेका छन्।

महानगरपालिका वडा ११ का वडा अध्यक्षसहित २९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।

न्यौपाने विराटनगर महानगरपालिकामा कोरोनाबाट संक्रमित भएका तेस्रो वडा अध्यक्ष हुन्।  वडा नम्बर २ र ५ का वडा अध्यक्षहरु कोरोना संक्रमित भइ उपचारत अवस्थामा रहेका छन्। भने महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पनि आइतवार कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्