नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा 

muglinnarayangarh_PD7eJ7bdaa
  • 15
    Shares
लाेकपाटी न्यूज

चितवन, ३० भदौ। पहिरो खसेर सोमबार रातिदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। दिउँसो ३ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ।

ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउन समय लाग्दा सडक झण्डै १७ घण्टा अवरुद्ध भएको थियो। चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो नजिक गएराति साढे १० बजे पहिरो खसेको थियो। सोमबार दिउँसो सोही ठाउँमा पहिरो खसेर अबरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको केहीबेरपछि पुनः पहिरो खसेको थियो।

मंगलबार इच्छाकमनाकै चारकिलो र घुमाउनेलगायतका थप स्थानमा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक दयाकृष्ण भट्टले ठूलो र मुख्य पहिरो खसेको स्थानमा सडक दुईतर्फी सञ्चालनमा आएको बताए।

नारायणगढतर्फ ठाउँ–ठाउँमा पहिरो खसेकाले त्यसतर्फ एकतर्फी मात्र सडक सञ्चालन आएको उनले बताए। सबै स्थानमा सडक दुईतर्फी सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरी निरीक्षक भट्टले बताए।