१४५९ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?

corona doctor
  • 14
    Shares
लाेकपाटी न्यूज

 काठमाडौं, ३० भदौ। नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ। पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार आज थप ११ जनाको  कोरोनाका कारण मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ३७१ पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्