कोरोना संक्रमित कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना

shashank koirala congress
  • 22
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको संक्रमणका कारण घरमा आइसोलेसनमा बसिरहेका कोइरालाको स्वास्थ्य अवस्था बिग्रएपछि ओम अस्पताल भर्ना भएका हुन्।

कोइरालालाई ज्वरोको मात्रा बढेकाले मंगलबार राती अस्पताल भर्ना गरिएको हो। अस्पतालमा भर्ना भएपछि उनको अवस्था सामान्य रहेको बताइएको छ।

कोइरालाको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।