सन् २०१८ फेसबुकको खराब वर्ष, के-के भयो ?

लाेकपाटी न्यूज

काठमाडौं । संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकका लागि वर्ष २०१८ खराब साबित भएको छ । अघिल्लो हप्ता अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले आफ्नो रिपोर्टमा फेसबुकले १५० भन्दा बढि कम्पनीसँग प्रयोगकर्ताको डाटा सेयर गरेको दाबी गरेको थियो ।

सन् २००४ को फेब्रुअरीमा एक बन्द कोठाबाट सुरु भएको फेसबुक आज संसारकै सबै भन्दा ठूलो सोसल नेटवर्किङ कम्पनी बन्न सफल भएको छ । यस १४ वर्षको इतिहासमा फेसबुकले अहिलेसम्मकै सबैभन्दा खराब काल खण्डको सामना गरेको छ ।

ब्रिटिश पोलिटिकल कन्सल्टेन्सी फर्म क्याम्ब्रिज एनालिटिका माथि ८.७ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप फेसबुकले स्वीकार गरेको छ ।

यस डाटाको प्रयोग सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन गरिएको थियो । यसबाट फेसबुकले ठूलो घाटाको सामना गर्नुपर्‍यो । साथै अमेरिकी सिनेटरसँग मार्क जुकरबर्गले माफीसमेत माग्नुपर्‍यो ।

यसपछि सेप्टेम्बरमा फेसबुकले एक पटक फेरी ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा ह्याक भएको कुरा स्वीकार गर्‍यो । फेसबुकको भ्युएज अप्सनमा खतरा आएपछि ह्यार्कसले एक्सेस टोकन चोरी गरी प्रयोगकर्ताकोडाटा ह्याक गर्‍यो ।

एक्सेस टोकनको अर्थ ‘डिजिटल कि’ भन्ने हुन्छ जसको मदतले प्रयोकर्तालाई सधैँ यन्त्रमा लग इन गरिएको हुन्छ । यसले बारम्बार युजर नेम र पासवर्ड दोहोर्‍याउनु पर्दैन ।

यसको २ हप्तापछि अक्टोबरमा फेसबुकले २.९ कराड प्रयोग कर्ताको डाटा चोरी भएको जानकारी दियो । फेसबुकका अनुसार यसमध्ये १.५ करोड प्रयोगकर्ताको नाम, कन्ट्याक्ट डिटेल जस्तै फोन नं तथा इमेल चोरी गरेको थियो भने १.४ प्रयोगकर्ताको लिंग, रिलेशनशिप स्टाटस, जन्म मिति, रिसेन्ट सर्च र अन्तिम १० लोकेसनको डिटेल चोरी भएको थियो ।

डिसेम्बर १४ मा कम्पनीले एक ब्लगलाई पोस्ट गरेर बगको कारणले १५०० सय थर्ड पार्टी डेब्लपर्सलाई प्रयोगकर्ताको व्यक्तिगत तस्बिरहरू पहुँचको अनुमति दिइएको थियो । यस बगको कारण ६८ लाख फेसबुक अकाउन्टहरु प्रभावित भए ।

फेसबुकका अनुसार, सेप्टेम्बर १३ देखि सेप्टेम्बर २५ सम्म अर्थात १२ दिनमा ६८ लाख खाताहरूका निजी तस्बिरहरूको पहुँच मिल्यो भने जुन फोटोहरुलाई फेसबुकमा पोष्ट समेत गरिएको थिएन ती फोटोहरुको पहुँचसमेत बग मार्फ थर्ड पार्टीले प्राप्त गर्‍यो ।

यस्तै न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा फेसबुकले आफ्नो युर्जसको डाटा १५० भन्दा बढि कम्पनीलाई दिएको दाबी गरेको छ । रिपोर्टमा फेसबुकले नेटफिक्स र स्पाटफिईलाई प्रयोगकर्ताको निजी सन्देश पढ्न अनुमति दिएको कुरा उल्लेख गरेको थियो ।

अमेजनलाई पनि फेसबुकले प्रयोगकर्ताको अनुमति बिना सम्पर्क विवरण दिएको थियो भने अनलाइन रिलेटर, इन्टरटेन्मेन्ट, अटोमोबाइल कम्पनीहरु र मिडिया संगठनहरुसँग पनि यसले डाटा साझेदारी गरेको छ ।

यसै वर्ष कम्पनीमा मतभेद र राजिनामा दिनेको संख्यामा वृद्धि

यसै वर्ष फेसबुकमा धेरै विवाद आयो । मार्क जुकरबर्गसँग मतभेदको कारण धेरै वरिष्ठ अधिकारीहरूले कम्पनीबाट राजीनामा दिए । सबैभन्दा पहिले अप्रिलमा व्हाट्सएपका सह संस्थापक जेन कोमले कम्पनी छोडे । उनले फेसबुकको डाटा पोलिसीसँगको मतभेदपछि राजीनामा दिएका थिए ।

यस्तै इन्स्टाग्रामको संस्थापक केविन सिस्ट्रोम र माइक क्रीगरले मार्क जुकरबर्गसँग मतभेदको कारणले पदबाट राजीनामा दिए । आक्युल्सका सह-संस्थापक ब्रान्डनले पनि फेसबुक कार्यकारीसँग असमझदारी र मतभेदपछि कम्पनी छोडे ।

वाल स्ट्रीड जर्नलले फेसबुकको इन्टरनल सर्वेक्षणका आधारमा एक रिपोर्ट जारी गरी कम्पनीका ५२ प्रतिशत कर्मचारी मात्र कम्पनीको भविष्यलाई लिएर सकारात्मक भएको तथ्याङ्क बाहिर ल्याएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्