नारायणी नदीमा डुंगा पल्टिँदा एक युवा बेपत्ता

dubnu
  • 25
    Shares
लाेकपाटी न्यूज

परासी, ३१ भदौ। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुंगा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन्। अन्य ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।

सुस्ता गाउँपालिका ५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सातजना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा पल्टिएको हो।

बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्। बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। रासस