‘खाद्यान्न समाधानमा हल्ट प्रतिस्पर्धा’

prativa sharm
  • 270
    Shares
लाेकपाटी न्यूज

– प्रतिभा शर्मा

एउटा विचारले लाखौं मानिसहरुलाई प्रभावित(सकारात्मक) बनाउन सकोस् जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरुको समाधान पनि गरोस्, त्यस्तो विचारको विश्वव्यापी प्रतिस्पर्धा हो हल्ट प्राइज प्रतिस्पर्धा। ‘LEADING A GENERATION TO CHANGE THE WORLD’ यसको मुख्य नारा हो। हल्ट प्राइज प्रतिस्पर्धाले प्रत्येक वर्ष विश्वव्यापी देखिएका समस्याहरुको समाधानको लागि एउटा विषय निर्धारण गर्दछ, त्यो समस्याको बहुआयमीक समाधानको विकल्पसहित प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उत्रनुपर्दछ।

२००९ बाट शुरु भएको हल्ट प्राइज प्रतिस्पर्धाको शुरुको वर्षमा नै २५ देशका १००० विद्यार्थीहरु सहभागी भएको यस प्रतिस्पर्धामा अहिले आएर विश्वका १५० भन्दा बढी देशका २००० बढी क्याम्पसहरुका विद्यार्थीहरु सहभागी भएका छन्। अन क्याम्पस कार्यक्रमको माध्यमबाट प्रत्येक विश्वविद्यालयका सम्बन्धप्राप्त क्याम्पस-क्याम्पसहरुमा विविध माध्यमबाट हल्ट प्राइज प्रतिस्पर्धाको तयारी अहिले विश्वभरी चलिरहेको छ।

दूरगामी महत्वको नबिनतम विचार जसले लाखौं मानिसहरुको जिवनमा सकारात्मक भूमिका खेल्दै उनिहरुले भोगीरहेको समस्याको समाधानको लागिनै हल्ट प्राइज प्रतिस्पर्धीहरुले आफ्नो समूहलाई तयार गर्नुपर्दछ। हल्ट प्राइज प्रतिस्पर्धाको लागि सन् २०२०/२१ को लागि ‘FOOD FOR GOOD’  मूख्य विषय छनोट गरिएको छ। प्रतिस्पर्धीहरुले त्यस मुख्य विषयका अतिरिक्त त्यसका बहुआयमिक पक्षहरुमा आफ्नो विचारलाई प्रस्तुत गर्दै प्रतिस्पर्धामा उत्रनुपर्दछ। दिगो विकासको लक्ष्य राखेर र दिगो विकासका सुचकहरुलाई आधार बनाएर आफ्ना विचारहरुको सृजना गर्ने काम प्रतिस्पर्धीहरुले गर्नुपर्दछ। अहिले सम्म पनि भोकमरीको समस्या रहेको र खाद्यान्नमा गुणस्तरीयताको अभाव रहेको परिदृश्यमा त्यसको समाधानको विकल्प प्रस्तुत गर्न कम चुनौतीपूर्ण त छैन, तर असम्भव भने छैन।

1

वर्तमानमा विश्व जो विज्ञान प्रविधिको युग भनेर चिनिन्छ, विज्ञान र प्रविधिमा आएको अभुतपूर्व परिवर्तनले विश्वलाई भुमण्डलीकृत गर्दै एउटा गाउँको रुपमा साँघुरो बनाइ दिएको परिस्थितिमा अहिले पनि वर्षेनी लाखौं मानिसहरु भोकमरीको कारणले ज्यान गुमाइरहेका छन भने खाद्यान्न प्राप्त गरिरहेका मानिसहरुले पनि गुणस्तरीय खाद्यान्न प्राप्त गर्न सकिरहेका छैन। त्यस्तो संख्या विश्वमा लाखौं होइन करोडौं छ। यो समस्या माथि केन्द्रित रहेर २०२०/२१ को प्रतिस्पर्धामा उत्रनु अहिलेका प्रतिस्पर्धीहरुले आफ्ना विचारहरुको सृजना गर्नुपर्दछ। आजको युग जहाँ विश्व विकासको दु्रर्त गतिमा अगाडि बढिरहेको छ, यो विश्वमा मानिसहरु भोकमरीको कारणले ज्यान गुमानु विश्वभरीका मनिसहरुको लागि लज्जाको विषय पनि हो। गुणस्तरीय खाद्यान्न वर्तमान विश्वमा नै मानव जातिको लागि प्रधान सवाल बनिरहेको छ। स्वस्थ र गुणस्तरीय खाद्यान्नको अभावमा मानिसहरूले आफ्नो जिवनमा कैयौं रोगहरुको सामना गर्नुपरेको छ। त्यो विषयलाई पनि अहिलेको २०२०/२१ को प्रतिस्पर्धाको थिमले छोएको छ।

नेपालमा सन् २०२०/२१ को हल्ट प्राइज प्रतिस्पर्धामा प्रायः सबै विश्वविद्यालयहरु सहभागी हुँदैछन। त्यही अनुरुप क्याम्पसहरुमा हल्ट प्राइज प्रतिस्पर्धाका कार्यक्रमहरु (अनलाइन) भैरहेका छन्। पूर्वाञ्चल विश्वविद्यालय पनि यो प्रतिस्पर्धामा सहभागी हुँदैछ र त्यही अनुसारका कार्यक्रमहरु निरन्तर गरिरहेको छ। पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौंले काठमाडौंमा रहेका ४० ओटा सम्बन्धप्राप्त क्यामसहरुलाई यो कार्यक्रम अन क्याम्पस कार्यक्रम मार्फत समेट्ने लक्ष्य राखेकोमा हालसम्म २२ ओटा क्याम्पसमा क्याम्पस एम्बासडरहरु बनाउने, हल्ट प्राइज सम्बन्धमा सुचनामूलक जानकारी दिने कार्यक्रमहरु गरिसकेको छ।

पूर्वान्चल विश्वविद्यालयले हल्ट प्राइज प्रतिस्पर्धाको लागि विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई समेटेर हल्ट प्राइज प्रतिस्पर्धाको लागि आयोजक समिती, निर्देशक, सहनिर्देशक लगायत विभिन्न आवश्यकता अनुसारका टिमहरु पनि बनाइसकेको छ। विगतको वर्षहरुमा पनि पूर्वाञ्चल विश्वविद्यालयले हल्ट प्राइज प्रतिस्पर्धामा सामेल भएर रिजनल लेभलमा पुगेको थियो। त्यो अनुभव र नविनतम, सृजनशिल विद्यार्थीहरुको विचार, सक्रियता र प्रतिस्पर्धाको उपाधी चुम्ने उद्देश्यसहित विद्यार्थीहरु उत्साहपूर्वक यो प्रतिस्पर्धामा सहभागी हुनुपर्दछ।

हामीले मुख्य गरेर हल्ट प्राइजको नियमानुसार नै प्रतिस्पर्धामा उत्रनुपर्दछ। त्यसरी प्रतिस्पर्धाको लागि तयार हुँदा ‘FOOD FOR GOOD’ को थिमलाई नै मुख्य आधार बनाएर त्यसको बहुआयमिक पक्षमा नै आफ्नो समुहको प्रतिस्पर्धी विचारहरु राख्नुपर्नेछ। प्रतिस्पर्धामा सामेल भैसकेपछि त्यो प्रतिस्पर्धाको उपाधी हात पार्ने उद्देश्य राखेरनै अगाडि बढ्नुपर्दछ। पूर्वाञ्चल विश्वविद्यालयका सबै क्याम्पसमा अध्यनरत विद्यार्थीहरु क्यामपस एम्बासडरको सहकार्यमा समूहहरु निर्माण गर्दै यो प्रतिस्पर्धामा प्रतिस्पर्धी बन्न सक्ने तथा यो प्रतिस्पर्धा विश्वव्यापीका साथै दूरगामी महत्व पनि भएकोले सबै विद्यार्थीहरुको ध्यान केन्द्रीत हुनुपर्दछ जहाँबाट हामीले हाम्रो विचार प्रस्तुत गरेर लाखौ मानिसहरुको जिवनमा सकारात्मक परिवर्तन दिन सक्छौं। त्यसले हाम्रो विश्वविद्यालयको गरिमालाई र स्वयम् विद्यार्थीको भविष्यलाई पनि माथि उठाउनेछ।

 

(शर्मा हल्ट प्राइज प्रतिस्पर्धा २०२०/२१ को लागि क्याफोडेट कलेज, काठमाडौंको लागि पूर्वाञ्चल विश्वविद्यालयको कलेज एम्बास्डर हुन्)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्