स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा उप्रेती नियुक्त

Senendra_Upreti
  • 26
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन्।

यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन्। उनी दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए। मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्