बिल गेट्सका बुवा विलियमको निधन

  • 10
    Shares
लोकपाटी न्यूज

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको निधन भएको छ। अमेरिकी अखबार सिएनएनका अनुसार बिल गेट्सका बुवा विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनको हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ।

उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। उनी अल्जाइमरको विरामी थिए। उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताउएका छन्।

‘मेरा बुवा असली बिल गेट्स हुनुहुन्थ्यो। म सधैं उहाँजस्तै बन्न चाहन्थेँ। मलाई हरेक दिन उहाँको याद आउनेछ,’ बिल गेट्सले भनेका छन्, ‘यस्ता अद्भूत व्यक्तिसँग हामीले धेरै समय बिताउन पायौं। हामी भाग्यशाली छौं।’ बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले बताएका छन्।

विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्