पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

Death
लोकपाटी न्यूज

भदौ। पश्चिम नवलपरासीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। आज बिहान पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको छ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो। गत भदौ २४ गते गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित मृगौला पीडित हुन्। उनको भदौ २७ गते मृगौला डायलिसिस  गरिएको थियो।

उनको पुनः आज डायलिसिस गर्ने तयारी थियो। तर डायलिसिस पहिलेनै संक्रमित पुरुषको आज बिहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले जनाकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्