एकै दिन थपिए १५ सय ३९ कोरोना संक्रमित

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा  १५ सय ३९ जनामा संक्रमण भेटिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार३ सय २७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १ हजार ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ। यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्