नेकपाले बोलायो पेरिसडाँडामा सचिवालय बैठक

oli and prachanda
  • 533
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। शुक्रबार ११ बजेका लागि पेरिस डाँडामा सचिवालय बैठक बोलाइएको हो। पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो। धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएपछि पेरिस डाँडामा बोलाइएको बुझिएको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा‘जुगल’ले नियमित सचिवालय बैठक बालुवाटारमा बस्दै आएपनि शुक्रबार पेरिसडाँडा बस्न लागेको बताए।

नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। कार्यकारी अध्यक्ष प्रचण्डले जिम्मेवारी पाएपछि सचिवालय बैठक पेरिसडाँडा बोलाइएको हो। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्