कर्णााली नदिको छेउमा बेवारिसे शव फेला

Death pic
सांकेतिक चिन्ह
  • 2
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ३१भदौ। जिल्लाको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकामा पर्ने कर्णाली नदिको छेउमा एक बेवारिसे शव फेला परेको छ।

बस्केना गाउँ नजिक कर्णाली नदिको किनारमा एकजना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

फेला परेको शवको पहिचान नभएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए। उनका अनुसार शवको पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखीएको छ। शवलाई नदिकिनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्