काठमाडौं उपत्यकामा एकै दिन ७३७ जनामा कोरोना

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। काठमाडौं उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २५ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबारमात्रै एक हजार ६८ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्