यी बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?

Rastriya Banijya Bank
  • 18
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। आधा दर्जन बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आउँदै गरको चाड दसैं र तिहारलाई लक्षित गरेर बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका हुन्। चाडपर्वमा विशेष गरी नयाँ सवारी साधन खरिद गर्ने गरेका छन्।

लकडाउनकै कारण दुइपाग्रे सवारी साधनको बिक्री वृद्धि भएको छ। लकडाउनको सुरुवातमा बिक्री नै नभएको अवस्था थियो। तर लकडाउन थपिदै जादा साना सवारी साधनको बिक्री वृद्धि भएको थियो। बन्दमा सवारी साधन सञ्चालन नहुनु र कोरोना सर्ने चिन्ताले नै सवारी साधन बिक्रीमा सुधार आएको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हरेक महिना सुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने निर्देशन दिएपछि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

आउँदै गरेको दशैँ र तिहारमा सवारी साधन तथा घर खरिद गर्न चाहानेहरुका लागि रकमको अभाव छ भन बैंकहरुले सस्तोमा घर तथा सवारी कर्जा ल्याएका छन्। बैङ्कहरुले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

कुन बैंकको कति प्रतिशत व्याजदर ?

 

नबिल बैंक

बैंकको २०७७ साउन मसान्तसम्म आधारदर ७.१९ प्रतिशत छ। यसले घर तथा गाडी कर्जामा अधिकतम ५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्नेछ।

नेपाल इन्भेस्टमेन्ट बैंक

बैंकले कायम गरेको बेसरेट ७.४९ प्रतिशत छ । बैंकले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे घर कर्जाको १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ।

 

माछापुछ बैंक

बैंकले कर्जाको ब्याजदरमा न्यूनतम १०.६९ प्रतिशतदेखि अधिकतम १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले हालको आधारदर ८.६९ प्रतिशत तोकेको छ । सो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरेर घर तथा सावारी कर्जा प्रवाह गराउने बैंकले जनाएको छ ।

एनसीसी बैंक

एनसीसी बैंकको असार मसान्तसम्मको आधारदर ९.०३ प्रतिशत रहेको छ । बैङ्कले यसै आधारदरका आधारमा कर्जाको ब्याजदर निर्धारण गरेको छ। बैंकबाट कर्जा लिँदा ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट सवारी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्ने छ भने घर कर्जा लिँदा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

 

राष्ट्रिय वाणिज्य बैंक

बैंकले घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको हो । गाडी कर्जामा आधारदरमा ३.२५ प्रतिशतसम्म छ । यसको आधारदर ५.८ प्रतिशत छ।

एभरेस्ट बैंक

बैंकको साउन मसान्तसम्मको आधारदर ७.४८ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट हाउजिङ, भेहिकल ऋण लिँदा १२.४८ प्रतिशत ब्याज तिर्नुपर्ने छ।

मेगा बैंक

मेगा बैंकको आधारदर ८.३० प्रतिशत छ। सो अनुसार बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको छ। बैंकले न्यूनतम १ वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ। जसमा होम लोन, टम लोन, अटो लोन, एजुकेसन लोन लगायत कर्जामा १३.३ ब्याजदरमा प्रवाह गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्