पेट्रोलियम पदार्थको मूल्य घट्यो

petrol pam
  • 22
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। नेपाल आयल निगमले डिजेल, मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजले र मट्टितेलको मूल्यमा १ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो।

योसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटिर कायम भएको छ। अन्य पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँ लगवायतका इन्धनको मूल्यमा कुनै घटबढ नगरिएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।

pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्