नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

muglin_narayangad
  • 7
    Shares
लोकपाटी न्यूज

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० वजे पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बिहान ८ः४० बजेबाट सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्