काँग्रेस सभापति देउवा ट्रेसिङमा, सत्तारुढ र प्रतिपक्षीबीचको छलफल स्थगित

Sher_Bahadur_Deuba
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। आफ्ना निजी सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा होम आइसोलेसनमा बसेका छन्।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए। देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ।

देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ। काँग्रेस महामन्त्री डा शशांक कोइराला कोभिड-१९ संक्रमणका कारण हाल ओम अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्