उर्जामन्त्रीद्वारा कुलमानकाे नाम प्रस्ताव, प्रधानमन्त्रीले निर्णय गरिसकेका छैनन्

Kulman Ghising
  • 265
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ’अनन्त’ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि लगेका छन्।

उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विधाराधीन अवस्थामा रहेको पुनको सचिवालयले जनाएको छ। मन्त्री पुनको सचिवालयले प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने विश्वास व्यक्त गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई पुनः चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्न ऊर्जामन्त्री पुनले प्रस्ताव पेश गरेका थिए।

ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहीबार बिहान भनेका छन्,’नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ। अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।’

durga

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्